Advertisement A-Ads

Tuesday, February 23, 2016

टीकापुरमा लुटिएको हतियार फेला पर्‍यो

फाल्गुन ११, २०७२- भदौ- ७ गते टीकापुरमा भएको हिंसात्मक झडपका क्रममा आन्दोलनकारी पक्षले लुटेर लगेको प्रहरीको 'मल्टीग्यास गन' घटनाको ६ महिनापछि फेला परेको छ । प्रहरीले उक्त हतियार सहित कैलाली हसुलिया-८ बस्ने ३९ वर्षीय निर्दङ्ग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले उक्त हतियार दंगा नियन्त्रणका लागि प्रयोग गर्छ ।
कैलाली प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी हतियार र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ । पक्राउ परेका चौधरी मधेसी जन अधिकार फोरमका इलाका स्तरीय नेता हुन् ।
सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी विजय भट्टले हयिारको सिरियल नम्बर मेटाइएको भन्दै थप अनुसन्धान भइरहेको बताए । उनले हतियार सुरक्षाकर्मीबाटै खोसिएको दावी समेत गरे ।
उनले हतियारमा भएको नम्वर मेटाइएकोले  त्यो हतियार नेपाल प्रहरी वा  सशस्त्र प्रहरी कस्को हो अझै यकिन नभइसकेको बताए । उनले टिकापुरको घटनामा नेपाल प्रहरीको एक थान पेस्तोल, एक थान एसएलआर र  एक थान यस्तै मल्टीग्यास गन  लुटिएको बताए ।
सुदूरपश्चिम  क्षेत्रिय अनुसन्धान  समूहको टोलीको उक्त हतियार सहित ब्यक्तिलाई पक्राउ  गरेको हो । 'कुनै ब्यक्ति हतियार बेचबिखन गर्ने भनि हतियार साथमा लिई हिडेको  छ भन्ने सूचना पहिला प्राप्त भयो,'  अनुसन्धान समुहका असई केशव जोशीले भने, 'त्यसपछि प्राप्त सूचनालाई पछ्याउँदै ग्राहक भनेर  हतियार भएको व्यक्ति सम्म पुगेका हौं ।'


No comments:

Post a Comment